काठमाडौं – चलचित्र चिठ्ठीको पहिलो गीत ‘टुटेको तारा’ बोलको सार्वजनिक भएको छ । माधवराज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा चर्चित पाश्र्व गायक शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्द रचना रहेको छ ।
उक्त गीतलाई सञ्चारकर्मीसमेत रहेका गायक तथा संगीतकार सरोज कोइरालाले संगीत भरेका छन् । गीतलाई ओएसआर डिजिटल च्यानलबाट सार्वजानिक गरिएको छ ।
कमेडी जनारामा बनेको चलचित्र चिठ्ठीको केन्द्रीय भूमिकामा सञ्जित भण्डारी, खड्गबहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुसाल, श्रीदेव भट्टराईलगायतका रहेका छन् भने नम्रता खरेल, रश्मी भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपुत, प्रल्हाद खरेल, उद्धव भट्टराई, समिर लामा, पुर्ण राई, पुरुषोत्तम सानुलगायत कलाकारको अभिनय छ ।
चलचित्रलाई जीवन पराजुली र राजन खरेल खिचेका हुन् भने सम्पादन माधव खरेल र अच्यूत बजगाईले गरेका छन् भने, कलर संयोजक तथा भिएफएक्स समिर मियाँ, गीतको मिक्सिङ तथा मिक्सिङ एवम् चलचित्रको ब्याकग्राउण्ड स्कोरिङ पुस्कर खत्रीले गरेका हुन् । मनोज परियारले चलचित्रको साउण्ड मिक्सिङ गरेका हुन् भने साउण्ड मिक्सिङ अमित श्रेष्ठ, शृंगार नरेश खरेल, द्वन्द्व निर्देशन किरण दाहालले गरेका हुन् । त्यसैगरी अमृत चापागाईको पोस्टर डिजाइन र साहिल खानको पब्लिसिटी डिजाइन रहेको छ । चलचित्रको सहायक निर्माताको रुपमा अनिता कुँवर, समिर खान र कृष्णादेवी आचार्य रहेका छन् ।
काठमाडौं, काभ्रेपलाञ्चोक तथा ललितपुरका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको चलचित्र चिठ्ठीको पोस्ट–प्रोडक्सनको सम्पूर्ण कार्य सकाएको निर्माण कम्पनीले प्रदर्शनी मिति भने छिट्टै तोकिने निर्देशक माधवराज खरेलले बताए । एरा प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र चिठ्ठीलाई सञ्चारकर्मी कमला जोशीले निर्माण गरेकी हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar