काठमाडौं – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।
प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पेस गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा संक्षिप्त नोटमा चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने उल्लेख छ । आर्थिक वर्ष २०८०÷८१ को बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।
यस्तै राष्ट्र बैंकले मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरेको छ । भारतमा मूल्यवृद्धि घट्दै गएको र नेपालमा थोक मूल्यवृद्धिमा आएको सुधारले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ ।
असोजको मूल्यवृद्धि ७ दशमलव ५ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको असोजभन्दा १ प्रतिशत कम हो । तर, मौद्रिक नीतिले लिएको ६ दशमलव ५ प्रतिशतको लक्ष्यभन्दा बढी रहेको छ । खासगरी खाद्य तथा पेयपदार्थको मूल्यवृद्धिले गर्दा समग्र मूल्यवृद्धि उच्च रहेको छ ।
२०८० असोजमा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि ८ दशमलव ४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६ दशमलव ८ प्रतिशत रहेको छ ।
कार्तिकमा आयात ३ दशमलव ८ प्रतिशत र व्यापार घाटा ३ दशमलव ३ प्रतिशतले घटेको छ । २०८० असोजसम्म रेमिट्यान्स ३० प्रतिशतले बढेका कारण चालू खाता ५९ अर्ब रुपैयाँले बचतमा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar