काठमाडौं– एनसेलको ८० प्रतिशत सेयर खरिद गरिएको प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणले अध्ययन सुरू गरेको जनाएको छ ।
एनसेलको ८० प्रतिशत सेयर भएको आजियाटा ग्रुपले आफ्नो सम्पूर्ण सेयर गत शुक्रबार बेलायतको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको घोषणा गरेको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणले पूर्व अनुमति नलिएको भन्दै एनसेलसँग जवाफ माग गरेको थियो । प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले यस विषय अध्ययमा गरिरहेको बताएका छन् ।
उनले कागजात संकलन भएपछि प्राधिकरणले अध्ययन गर्ने बताए । एनसेलको सेयर कारोबार शंकास्पद भएको भन्दै अहिले संसदीय समितिहरूले चासो देखाएका छन् ।
संसदको अर्थसमिति अहिले दूरसञ्चार रोयल्टी र एनसेल कारोबारको विषयमा छलफल गरिरहेको छ । त्यस्तै आजै संसदको सार्वजनिक लेखा समितिले पनि यस विषयमा छलफल गर्दैछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar