एजेन्सी– चीनले तालिबान सरकारले तोकेका कुटनीतिज्ञलाई अफगानिस्तानका राजदूतको हैसियत दिएको छ । योसँगै चीन तालिबानलाई आधिकारिक मान्यता दिने पहिलो देश बनेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई मङ्गलवार एक मिडिया ब्रिफिङका क्रममा के चीनले तालिबानलाई अफगानिस्तानको वैध सरकारको रूपमा मान्यता दिन्छ भनेर सोधिएको थियो । यो प्रश्नको जवाफमा मन्त्रालयका प्रवक्ता वेनबिनले भने, ‘अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बहिष्कृत गर्न नहुने चीनको मान्यता छ ।’
यसअघि पनि तालिबानले तोकको बिलाल करीमीलाई चीनले राजदूतको हैसियत दिएको खबर बाहिर आएको थियो ।
सन् २०२१ को अगस्टमा अमेरिकी सेना फिर्ता भएपछि तालिबान दोस्रो पटक अफगानिस्तानको सत्तामा आएको थियो । त्यसपछि पाकिस्तान र रुससँगै काबुलमा आफ्नो दूतावास कायम गर्ने तेस्रो देश चीन थियो ।
भर्खरै भारतमा रहेको अफगानिस्तानको दूतावास बन्द गरिएको छ । अहिले तालिबान सरकारले भारतमा नयाँ दूतावास खोल्ने इच्छा व्यक्त गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar