काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
केहीबेरअघि बाँसबारीमा रहेको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेर प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले उपचारमा कुनै कमी हुन नदिन पनि चिकित्सकलाई आग्रह गरेका छन् ।
नियमित स्वास्थ्य परीक्षणका क्रममा मन्त्री श्रेष्ठ हिजो मङ्गलवार अस्पतालमा भर्ना भएका थिए । उनलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको तथा उनको स्वास्थ्य स्थिति सामान्य रहेको केन्द्रले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar