काठमाडौं– सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ ।
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्ने तयारी भएको हो
यसअघि अन्तरिम आदेश दिन अस्विकार गरेको एकल इजलासले मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइका लागि आजको मिति तोकेको थियो ।
गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।
सोमबार प्रधानमन्त्री प्रचण्डले प्रतिबन्धको निर्णयको बचाउ गर्दै आवश्यक परे कानूनमा नियमनको व्यवस्था राखेर प्रतिबन्धमाथि पुनर्विचार गर्न सकिने बताएका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar