काठमाडौं– घरबाट बेपत्ता भएको चार दिनपछि हुम्लाको सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृत अवस्थामा फेला परेका छन् ।
हुम्लाको सर्केगाड गाउँपालिका– ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर ज्यान गएको हुनसक्ने आफन्तको भनाइ छ ।
फडेरा गएको शुक्रवारदेखि बेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए । खोज्ने क्रममा आफन्तले सोमवार दिउँसो मृतावस्थामा फेला पारेका हुन् । मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar