काठमाडौं– कोशी प्रदेशका तीन मन्त्रीहरूले जिम्मेवारी पाएको छ । मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाली कांग्रेसका शमशेर राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेकपा एकीकृत समाजवादीका कमल जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
गत असोज २७ गते नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीले सोही दिन शमशेर राई र एमालेका राम रानालाई मन्त्री नियुक्त गरेका थिए । यस्तै कार्तिक १७ गते माओवादी र एकीकृत समाजवादीका तर्फबाट उप्रेती र जबेगुलाई नियुक्त गरेका थिए ।
त्यसलगत्तै एमालेबाट मन्त्री बनेका राम रानाले भने राजीनामा दिएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar