काठमाडौं– सर्लाहीमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
शनिबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका– ४ पुरानो चौकीमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा उछिट्टिएर सडकमा खसेका युवकलाई बसले किचेपछि मृत्यु भएको हो ।
तीव्र गतिमा रहेको प्र२ ०३ ००६ प ६७ मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल आपसमा जुध्दा प्र२ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलमा सवार युवक सडकमा खसेका थिए ।
त्यहीबेला मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना७ ख १८३६ नम्बरको बसले किच्दा युवकको घटनास्थलमै मृत्यु भएको सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए ।
प्रहरीका अनुसार मृतक युवकको अझै सनाखत भएको छैन । उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेको मोटरसाइकलका चालक भागेको कारण मृतक युवकको सनाखतमा समस्या परेको डीएसपी पञ्जियारले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar