हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठकको आह्वान गरेका छन् ।
बैठकमा प्रदेशको वर्तमान राजनीतिक अवस्था र प्रदेश सभा अन्तर्गतका संसदीय समिति गठनका विषयमा छलफलका लागी आज आईतवार दिउँसो १ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए ।
जम्कट्टेलका अनुसार आजको सर्वदलीय बैठकले प्रदेशसभामा रहेका समिति सभापतिहरुको टुङ्गो लगाउने छ । जम्कट्टेलले गत बुधबार प्रदेशका मन्त्रीहरूसँग छलफल गरेपछि आजका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar