काठमाडौं – हिमालय एअरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एअरलाइन्सले चीनको ठूलो सहर साङ्घाईमा आजदेखि नियमित उडान थालेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९ बजेर २० मिनेटमा एक सय ३७ यात्रुसहितको जहाज साङ्घाई उडेको हो ।
यो जहाज साङ्घाईबाट यात्रु लिएर आज राति नौ बजे काठमाडौं फर्कनेछ । काठमाडौं–साङ्घाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ । हरेक शनिवार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ ।
साङ्घाईमा हिमालय एअरलाइन्सको यो पहिलो उडान हो । योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मुख्य व्यापारिक र पर्यटकीय सहरमा सिधा उडानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै चिनियाँ पर्यटक नेपालमा आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
साङ्घाई चीनको मुख्य व्यापारिक केन्द्र पनि मानिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar