काठमाडौं– काठमाडौं महानगरपालिकाले गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।
यसका लागि महानगरले सुपरीवेक्षक तथा गणक करारमा लिने भएको छ । महानगरले आज सूचना निकालेर २१ जना सुपरीवेक्षक तथा २ सय ९ जना गणक माग गरेको छ ।
नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८०÷०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अनुसार काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत तथ्याङ्क सङ्कलन तथा सुपरीवेक्षण गर्ने महानगरले जनाएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar