कठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर र एक महिलाको ‘यौन सम्बन्धी विवाद’ जोडिएको एक अडियो यतिबेला सामाजिक सञ्जालमा भाईरल भएको छ ।
अडियो सुन्न यहाँ क्लिक गर्नुहोस् ।
सामाजिक सञ्जालमार्फत बाहिरिएको भिडियोमा एक महिला र नेता महरको बिचमा ‘यौन सम्बन्धी विवाद’ भएको छ । उक्त अडियोमा आफूसँग सम्बन्धमा रहेकी महिलाले ‘बर्बाद पार्छु’ भनेपछि महरले परिस्थितिलाई साम्य बनाउन आग्रह गरेका छन् । त्यस्तै महरले ती महिलासँग सम्बन्ध रहेको भन्दै आगामी दिनमा परिवारसँग मिलेर बस्न र ‘डिभोर्स’ नगर्न सुझाएका पनि छन् ।
संवादकै बिचमा अडियो रेकर्ड गरेकोबारे महिलालाई शंका गर्दै महरले ती महिलाले आफूलाई प्रयोग गर्न खोजेको आरोप लगाएकी छन् । फोन रेकर्ड गरेको आशंका गर्दै महरले प्रश्न गरेका छन् “तिमीले रेकर्ड त गरेको छैनौँ निँ ?”
उता ति महिलाले पनि फोन रेकर्ड गरेको शंका लागेको भए फोन लैजान र नबोल्नसमेत बिश्वस्त पारेकी छन् । उनले भनेकी छन् “नोबाल्नु न त, म कानुनी प्रक्रियामा जान्छु मेरो मोबाइल लिएर जानु । मेरो प्रमाण छ थुप्रै, नानीलाई पठाएको छु ।” लगत्तै महरले पनि “ए, भनेपछि तिमी आफू कानुनी रूपमा परिपक्व भएर फसाउन बसेका छौ ?” भन्दै प्रतिप्रश्न गरेका छन् ।
उक्त अडियोमा ति महिलाले दुई जनाको बिचमा शारीरिक सम्पर्क भएपछि आवश्यक औषधी किन्न महरले आनाकानी गरेको भन्दै आक्रोश पोखेकी छन् ।
सो अडियोबारे प्रश्न गर्दा अनेरास्ववियुका पूर्व अध्यक्षसमेत रहेका एमाले केन्द्रीय सदस्य महरले आफूले पनि सामाजिक सञ्जालबाट नै थाहा पाएको बताए । त्यस्तै उक्त अडियो आफ्नो नभएको भन्दै सार्वजनिक अडियो फेक भएको पनि महरले दाबी गरे । उनले भने, ‘मेरो आवाज जोडेर फेक अडियो आएको रहेछ, मैले पनि सामाजिक सञ्जालबाटै थाहा पाएँ , मेरा बीरुद्ध लाग्नेहरुले योजनाबद्ध रूपमा नक्कली अडियो बाहिर ल्याएको होला, अहिले
‘पार्टीको कार्यक्रममा डडेलधुरामा छु, काठमाडौँ फर्केपछि त्यसविरुद्ध कानुनी उपचारमा जान्छु ।’ उनले भने ।
करिब ८ मिनेटको सो अडियोमा ति महिलाले घटना सार्वजनिक गर्न खोजेपछि ऐनले दबाब र धम्की दिएको पनि आरोप लगाएकी छन् । त्यस्तै अडियोमा को महिलाको आवाज हो भन्नेबारे खुलाइएको छैन ।
महर २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका थिए भने नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar