काठमाडौं– ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले रातको समयमा जहाजमा चढेर काठमाडौं उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने बताएका छन् ।
बिहीवार बेलुकी ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा मेयर महर्जनले भने, ‘रात्रिकालीन अवस्थामा जहाजमा चढेर काठमाडौं उपत्यकामा उज्यालो देख्नुभयो भने त्यो ललितपुर महानगरपालिका हो । जुन सहर उज्यालो हुन्छ, त्यो ललितपुर महानगर हुनेछ ।’
ललितपुरमा बिहीवार एकै पटक १४ सय वटा स्मार्ट सडक बत्तीको उद्घाटन भएको थियो । दोस्रो चरणअन्तर्गत ललितपुरको भैँसे, खोकना, बुङ्गमती, धापाखेल, सुनाकोठी र हरिसिद्धीमा स्मार्ट बत्ती जडान भएको हो । महानगरले यसअघि पहिलो चरणमा कुपण्डोल, जावलाखेल, लगनखेल, सातदोबाटो, एकान्तकुना, मङ्गलबजार, पाटन ढोका क्षेत्रमा छ सय ६९ वटा स्मार्ट बत्ती जडान गरेको थियो ।
मेयर महर्जनले रातको समयमा हुने दुर्घटना न्यूनीकरणका लागि कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेन्डर आह्वान गर्ने बताए ।
मेयर महर्जनले सडकमा स्मार्ट बत्ती बाल्नका लागि महानगरले यस वर्ष तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको र एक करोड २० लाख रुपैयाँ नेपाल विद्युत् प्राधिकरणको सहयोग हुँदा चार करोड २० करोड रुपैयाँ पुगेको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar