काठमाडौं– सम्झौताअनुसार काम नगर्ने १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।
कार्यालयको बिहीवार बसेको बैठकबाट भएको निर्णयअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ अनुसार १४ वटा निर्माण व्यावसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेर कारबाही गरेको हो । विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा निर्माण कम्पनी र
आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको कार्यालयले जनाएको छ ।
कालोसूचीमा पर्नेमा सिरुवा कन्स्ट्रक्सन प्राली काठमाडौं, साहनी विल्डर्स रुपन्देही, भारत कन्स्ट्रक्सन मैनाचुली सिद्धिसाई जेभी काठमाडौं रहेका छन् । यी कम्पनी तीन वर्षका लागि कालोसूचीमा परेका छन् ।
त्यस्तै आर. डी सप्लायर्स प्राली काठमाडौं, सुनौलो खिम्ती कन्स्ट्रक्सन काठमाडौं र एस कन्स्ट्रक्सन सिन्धुपाल्चोक दुई वर्षका लागि तथा थापा–ओम निलकण्ठेश्वर जेभी काठमाडौं एक वर्ष छ महिनाका लागि कालोसूचीमा परेको छ ।
यसैगरी वैष्णवी एन्ड लोकेन्द्र सप्लायर्स पर्सा, खहरेखोला इन्टरप्राइजेज काठमाडौं, टिम बिल्डर्स प्राली काठमाडौं, आईपी स्टेशनरी तथा जेनरल सप्लायर्स काठमाडौं, सार्थक निर्माण सेवा सुनसरी, सयपत्री निर्माण सेवा सुनसरी र आरोग्य बिल्डर्स एन्ड कन्स्ट्रक्सन प्राली काठमाडौंलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले आज शुक्रवार निकालेको सूचनामा उल्लेख छ ।
कालोसूचीमा परेको अवधिभर उनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar