काठमाडौं – नेपालले आइसिसी विश्वकप लिग–२ को पहिलो सिरिज घरेलु मैदान टियुमा खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पहिलो खेल फब्रुअरीमा घरेलु मैदानमा खेल्ने बताए । तर कुन टोलीसँग खेल्ने आइसिसीले पक्का नगरेको पारस बताउँछन् ।
‘आइसिसी विश्वकप लिग–२ हामीले घरेलु मैदानमा फब्रुअरीमा खेल्ने छौं । तर कुन टोलीसँग खेल्ने पक्का जानकारी आएको छैन । पक्का हुँदा बितिक्कै हामीले सार्वजनिक गछौं । फेब्रुअरीमा लिग–२ को खेल नेपालमा हुने चाहिँ पक्का छ’, पारस खड्काले भने ।फेब्रुअरी दोस्रो साता नेपाल, नेदरल्यान्ड्स र नामिबियाले खेल्ने चर्चाछ । तर आइसिसीले २०२४ देखी २०२७ सम्म हुने लिग–२ को रोडम्याप सार्वजनिक गरेको छैन । यस पटक देखी नेदरल्यान्ड्सले पनि लिग–२ नै खेल्नेछ । नेदरल्यान्ड्सले २०१९ देखी २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो ।
तर सुपर लिगबाट नेदरल्यान्ड्सलाई लिग–२ मा खेलाउने आइसिसीले जनाएका छन् । लिग–२ मा नेपाल, युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा छन् ।लिग–२ को ढाँचा, ओडिआई मान्यता निरन्तरता, विश्वकप छनोटमा सोझै कति टोली पुग्ने आइसिसीले कुनै जानकारी दिएको छैन । आइसिसीले २०२७ को विश्वकप रोडम्याप सार्वजनिक गर्दा यी सबै खुलाउनेछ । दुई साता अघि मात्रै भारतमा एकदिवसीय विश्वकप सम्पन्न भएको थियो ।
विश्वकप सम्पन्नपछि आइसिसीले खुलाउने अनुमान गरिएको छ । २०२७ को विश्वकप देखी १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । २०२७ को विश्वकप दक्षिण अफ्रिका, नामिबिया र जिम्बावेले आयोजना गर्नेछन् । २०२७ को विश्वकप ढाँचामा लिग–२ का खेलहरु पनि निर्भर हुनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar