एजेन्सी– यात्रीको उद्दण्ड व्यवहारका कारण जर्मनीको म्युनिखबाट थाइल्यान्डको बैंकका लागि उडेको लुफ्थान्साको विमानलाई आज दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।
श्रीमान्–श्रीमतीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले विमान दिल्ली डाइभर्ट गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो घटनाबारे दिल्ली विमानस्थलको उड्डयन सुरक्षाले भनेको छ, ‘श्रीमान्–श्रीमतीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुप¥यो ।’
विमानले शुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो तर त्यो अनुरोधलाई पूरा गरिएन । त्यसपछि विमान सुरक्षितरूपमा दिल्ली विमानस्थलमा अवतरण भयो । विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षालाई बुझाइएको छ । लुफ्थान्सा एअरले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar