काठमाडौं– सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तहरूले आम्दा अस्पतालका मेसुमाथि कुटपिट गरेका छन् ।
सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि कुटपिट गरेका हुन् ।
मंगलबार गुल्मी ठुलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटी दोस्रो बच्चा सुत्केरी गराउन अस्पतालमा आएकी थिइन् ।
उनको सुत्केरी गराउने क्रममा मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल रहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।
कुटपिटबाट घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भैरहेको छ । इलाका प्रहरी कार्यालय बुटवलले हातपात गर्ने ७ जनालाई नियन्त्रण लिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar