काठमाडौं– पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८ ओभर ४ बलमा पूरा ग¥यो ।
सुदुरपश्चिमका किरण थगुन्नाले सर्वाधिक ५१ रन बनाए । कुनै समय ४६ रनमा ५ विकेट गुमाएको सुदुरपश्चिमका किरण थगुन्नाले र नरेन शाउदले उत्कृष्ट साझेदारी गरे ।
थगुन्ना राउदले ९३ रनको उत्कृष्ट साझेदारी गरे । कप्तान राजु रिजालले १९ र बसन्त कार्कीले १५ रनको योगदान दिए ।
पहिला ब्याटिङ गरेको पुलिसका लागि कुशल भुर्तेलले ६७ रनको अर्धशतकीय पारी खेलेका थिए । ५१ बलको सामना गरेका कुशलले समान ५ चौका र ५ छक्का हानेका थिए । यस्तै सुनिल धमलाले ४२ र अर्जुन साउदले २० रन बनाए ।
यो सँगै मधेश प्रदेश सेमिफाइनलमा पुगेको छ । समूह सीमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश तीनै टिमले समान १ खेल जिते पनि रन रेटमा अघि रहँदै मधेश सेमिफाइनलमा पुगेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar