काठमाडौं– इजराइलले गाजामा थप दुई दिन युद्धविराम लम्ब्याएको छ । इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति भएको हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबारसम्म हमासले ६९ बन्दीलाई रिहा गरिसकेको छ ।
सोमबार हमासले विदेशी नागरिकलाई बन्धक मुक्त गरेको छ । जसमा ३ जना फ्रान्सका, २ जना जर्मनका र ६ जना अर्जेन्टिनाका नागरिक रहेको कतारको विदेश मन्त्रालयले जनाएको छ ।
तर, नेपालका विपिन जोशीको अवस्थाबारे अझै थाहा हुन सकेको छैन । नेपाल सरकारले मध्यस्थकर्ताको भूमिकामा रहेको कतारसँग विपिनलाई छुटाउन पहल गरिदिन आग्रह गरेको थियो ।
गएको शुक्रबारमात्र प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’,परराष्ट्रमन्त्री एनपी साउदसहित सरकारी अधिकारीहरूले नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग विपिनको सकुशल रिहाइमा सघाउन आग्रह गरेका थिए ।
इजराइलले पनि हालसम्म १५० प्यालेस्टिनियन कैदीहरूलाई जेलमुक्त गरेको छ । उसले सोमबार ११ बन्धक मुक्त गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar