काठमाडौं– गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिकाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रहिस खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् ।
चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ बर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा बाँके खजुरा गाउँपालिका–७ का २३ वर्षीय खाँ पक्राउ परेका थिए ।
गएको कात्तिक १७ गते शान्तिपुर घर नजिकैको हुँग्दीखोलामा बालिकाको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नविनकिशोर प्रधानसहितको टोली अनुसन्धानपछि खाँलाई पक्राउ गरेको थियो । उनलाई आवश्यक अनुसन्धानपछि जिल्ला अदालतमा पेस गरिएको थियो । उनलाई हिजो जेल चलान गरिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar