काठमाडौं– मोरङको उर्लाबारी आगलागी परी घाइते भएका राम नरेश मरिता (यादव) को उपचारका क्रममा निधन भएको छ ।
काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी –७ का ४३ वर्षीय यादवको उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
अस्पतालको आईसीयू कक्षमा उपचाररत यादवको सोमबार राति ११ बजे निधन भएको दासले बताए । यादवको मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको सङ्ख्या ५ पुगेको छ ।
गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ दीपक कार्कीको सुन पसलमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।
कीर्तिपुर बर्न अस्पतालमा २० जना घाइतेहरू उपचाररत रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । जसमध्ये आइसियु कक्षमा २ जना उपचाररत रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar