काठमाडौं– सुनसरीको रामधुनी नगरपालिकाकी तत्कालीन उपमेयर सबिनाकुमारी चौधरीसहित ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज काठमाडौंस्थित विशेष अदालतमा ९ जनाविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उपप्रमुख चौधरी, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष राजकुमार चौधरी, वडा नम्बर ३ का तत्कालीन वडा सदस्य टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौं तहका सुनिलकुमार चौधरीविरूद्ध मुद्दा दायर भएको छ ।
यस्तै, नगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी र सब–इन्जिनियर हर्षलाल चौधरी र जलपा सिद्ध निर्माण सेवा पकली सुनसरीका प्रोपाइटर नानुकुमार निरौलाविरूद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियार प्रवक्ता दाहालका अनुसार वडा नम्बर ३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मूल सडक सिंगियादेखि वडा नम्बर ४ को लालपुर गाउँसम्म कालोपत्रे सडक निर्माणको काम भएको थियो । तर त्यहाँ भएको वास्तविक कामभन्दा बढी नापी किताबमा चढाएर भुक्तानी लिएको भन्ने आरोप थियो ।
अख्तियारले अनुसन्धान गर्दा झुटा बिल, नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी दुई लाख १२ हजार ७३ रुपैयाँ बढी भुक्तानी लिएको खुलेको प्रवक्ता दाहालले बताए ।
उक्त रकम बिगो जफत गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगोबमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar