एजेन्सी– भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढेको छ । दिल्लीका धेरैजसो ठाउँमा तुवाँलो लागेको छ ।
वायु प्रदूषण र चिसो दुवैको मारमा त्यहाँका नागरिक परेका छन् । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीमा हावाको गुणस्तर निकै कमजोर छ ।
बिहान त्यहाँको वायु प्रदूषण मापन सूचक एक्यूआई ४५० भन्दा माथि पुगेको बोर्डलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एक्यूआई तीन सयदेखि ४ सयको बीचमा पुग्नु वायुको गुणस्तर निकै खराब स्थितिमा रहेको भन्ने बुझिने बोर्डले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषण मापन सूचक एक्यूआई चार सयभन्दा माथि जाँदा मानव स्वास्थ्यका लागि खतरनाक हुने उल्लेख गरेको छ । दिल्लीका नागरिक पछिल्लो एक महिनादेखि वायु प्रदूषणको कहरमा छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar