सुर्खेत – नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शनिबारदेखि भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणमा आफ्नो सक्रियता बढाएको छ ।
संगठनकी अध्यक्ष आरती लामा नेतृत्वको टोली स्थानीयका लागि अस्थायी संरचना निर्माण गर्ने र भूकम्पबाट ध्वस्त भएका घरहरू पन्छाउने काममा जुटेको हो । अध्यक्ष लामाले कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट अनेरास्ववियूका नेता कार्यकर्ताहरु प्रभावित क्षेत्रमा पुगिसकेको र राजधानी लगायत अन्य प्रदेशबाट समेत कार्यकर्ताहरु श्रमदानका लागि आइरहेको बताइन् ।
प्रभावित क्षेत्रमा अनेरास्ववियूका केन्द्रीय पदाधिकारी, प्रदेश, जिल्ला तथा क्याम्पस स्तरीय नेता, कार्यकर्ता जुटिरहेका छन् । ‘हाम्रो उद्देश्य भनेको भुकम्पबाट प्रभावित विद्यार्थीको पठन पाठन सुचारु र व्यवस्थित गर्ने, उनीहरुलाई जाडोबाट सुरक्षित बनाउन न्यानो लुगाको प्रबन्ध गर्ने र अन्य वास्तविक पीडितहरुको चाहना र माग अनुसार अस्थायी संरचना निर्माणको काम गर्ने हो,’ अध्यक्ष लामाले भनिन् ।
अनेरास्ववियूले तिहारको समयमा राजधानीमा देउसी र भैलो आयोजना गरी उठेको सहयोग रकमबाट पुनः निर्माणको काममा जुट्ने निर्णय गरे बमोजिम जाजरकोटमा सक्रियता बढाएको हो । पहिलो चरणमा ५० जना कार्यकर्ता यो काममा सक्रियताका साथ खट्ने अखिलको योजना छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar