काठमाडौं– सरकारी छाप र दस्तखत किर्ते कसुरमा संलग्न रही फरार रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत कार्तिक २ गते वारदात घटाई फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले रतुवामाई नगरपालिका–४ झुर्कियाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रञ्जन कुमार दाहालले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरियादेवि राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवरत छन् । उनीहरुविरुद्ध रतुवामाई नगरपालिका–३ का वडाध्यक्ष देवीलाल तेजपुरियाले जाहेरी दिएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar