काठमाडौं– नेपालगञ्ज म्याराथनको नवौं संस्करण सुरु भएको छ । नेपालगञ्ज म्याराथनले देशको ऐतिहासिक सहर नेपालगञ्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक टिएस ठकुरीले बताए ।
संस्थापक ठकुरीका अनुसार नेपालगञ्ज म्याराथनको विजेताले नगद रु दुई लाख पाउने छ । दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान रु पाँच–पाँच हजार पाउने छन् । म्याराथनमा ३० जनाको सहभागिता छ ।
म्याराथनसँगै हाफ म्याराथन, विद्यालयस्तरीय महिला–पुरुष १० किलोमिट पाँच किलोमिटर दौड, ह्विलचेयर दौड ‘किड्स रन’ पनि भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar