काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंमा भएको प्रदर्शन र सामाजिक सञ्जालमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले आज विज्ञप्ति निकालेर घृणायुक्त अभिव्यक्ति बन्द गर्न र अनावश्यक बल प्रयोग नगर्न आग्रह गरेको छ । काठमाडौंमा राष्ट्रिय युवा सङ्घ नेपाल र ’राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ का नामबाट व्यवसायी दुर्गा प्रसाईं समूहबाट हिजो बिहीवार प्रदर्शन भएको थियो ।
आयोगले आज प्रसाईं पक्षबाट प्रदर्शन गर्ने भनिएको तीनकुने र प्रसाईंको भक्तपुरमा रहेको निवास क्षेत्रको अनुगमनसमेत गरेको छ । तीनकुनेमा प्रदर्शनका लागि भेला भएकालाई सुरक्षाकर्मीले पक्राउ गरी प्रदर्शनमा रोक लगाएको अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ ।
हिजो प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा दुवै पक्षबाट संवैधानिक, कानुनी र मानव अधिकारका मूल्य–मान्यता र मर्यादा विपरीत एकअर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिइएको, बल्खुमा भएको प्रदर्शन अनियन्त्रित भई झडप हुँदा केही व्यक्ति घाइते भएको, सामाजिक सञ्जालमा घृणायुक्त अभिव्यक्ति सार्वजनिक भएको अनुगमनबाट पाइएको विज्ञप्तिमा उल्लेख छ । यस्ता गतिविधि नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवम् मानव अधिकारको मूल्य–मान्यता विपरीत रहेको आयोगको ठहर छ ।
आयोगले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, उनीहरूमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्नसमेत आयोग सरकारलाई आग्रह गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar