काठमाडौं– दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ ।
प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौंको तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । तीनकुनेबाट पक्राउ पर्नेमा राप्रपामा आवद्ध पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पासहित २६ जना छन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रदर्शनमा सहभागी हुन तीनकुने आउन लागेका प्रसाईंलाई भक्तपुरस्थित घरमा नै रोकेको छ ।
जिल्ला प्रशासनसँग समन्वय गरेर कार्यक्रम स्थल यकिन गरेपछि मात्र प्रसाईंलाई काठमाडौंमा आउन दिने गरी घरमा निगरानीमा राखिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठले बताइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar