काठमाडौं– भारतको राजधानी नयाँ दिल्ली पछिल्लो तीन दिनदेखि धुवाँको तुवाँलोमा रुमल्लिएको छ ।
जसका कारण मानिसहरूले केही मिटर टाढा पनि स्पष्ट रूपमा देख्न नसक्ने अवस्था भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
नयाँ दिल्लीमा धुवाँ र प्रदूषणका कारण टाउको दुख्ने, थकान लाग्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्यालाई सामान्य रुपमा हेर्नु पर्ने अवस्था बनेको छ । नयाँ दिल्लीको प्रदूषण अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेको प्रदूषणलाई सन् २०१६ को नोभेम्बर पछिको सबैभन्दा खतरनाक भनिएको छ ।
नयाँ दिल्लीमा लगातार प्रदुषणको स्तर बढ्दै गएपछि केही दिनका लागि दिल्लीबाट टाढा जान विज्ञहरूले सुझाव दिएका छन् । यदि दिल्लीभन्दा टाढा जान नसक्नेहरूले भने मास्क लगाएर मात्रै यात्रा गर्न अनुरोध गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar