काठमाडौं– नेपाली सेनाले रिक्त पदपूर्तिका लागि तीन हजार चार सय १३ जनाको आवेदन माग गरेको छ ।
सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले आज एक सूचना निकालेर सैन्य तथा विभिन्न ट्रेडका फ्लोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।
सैन्य पदमा ३ हजार र सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरिएको नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले जनाएको छ ।
खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् । ट्रेडका फ्लोअर्स पदहरूको हकमा उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भइ दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ ।
दरखास्त आजदेखि आउँदो पुस ७ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जङ्गी अड्डाले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar