काठमाडौं – नवौं नेपालगन्ज म्याराथनको नगद पुरस्कार राशि वृद्धि गरिएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने नेपालगन्ज म्याराथनको विजेताले नगद दुई लाख पाउनेछन् । आयोजकले बिहीहार विज्ञप्ति जारी गर्दै पुरस्कार राशि सार्वजनिक गरेको हो ।
म्याराथनमा दोस्रो हुनेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान ५ हजार प्राप्त गर्नेछन् । यसमा ४५ वर्षमाथिको धावकलाई पनि स्थान निर्धारण गरि प्रोत्साहन गरिने बयोजकले जनाएको छ ।
हाफ म्याराथन(महिला)मा प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचौंले १० हजार, छैटौं, सातौं र आठौंलाई समान ५ हजार नगद प्रदान गरिनेछ । त्यस्तै १० किलोमिटर महिला र पुरुषतर्फ शीर्ष तीन जनालाई ३० हजार, १५ हजार र १० हजार नगद प्रदान गरिनेछ ।
स्कुलस्तरीय ५ किलोमिटर दौडमा शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजार प्रदान गरिनेछ । यसमा बाँके जिल्ला बाहिर र जिल्लाभित्रका विद्यार्थीलाई समेटिएको छ । यसमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ को अलग अलग स्थान निकालिनेछ ।
ह्विलचेयर दौडमा पनि पुरुष तथा महिलातर्फ अलगअलग शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजारबाट पुरस्कृत गरिनेछ । किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिनेछ । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित गरिनेछ ।
आयोजकका अुनसार अझै केही सरप्राइज प्याकेज चाँडै घोषणा गरिनेछ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) संस्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदैआएको छ । नवौं नेपालगन्ज म्याराथनको अघिल्लो दिन यस पटक नेपालगन्ज कनक्लेभ आयोजना हुँदैछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar