काठमाडौं– सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि आफन्तहरुले विरोध गरेका छन् ।
धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले मंगलबार राति शल्यक्रियामार्फत शिशु जन्माएकी थिइन् ।
जन्माएको शिशुको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन् । उनीहरूले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने तथा शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही गर्नू पर्ने माग गरेका छन् ।
सुत्केरीका आफन्त सुरेश सुनारले चिकित्सकको लापरबाहीका कारण शिशुको मृत्यु भएको बताउदै सम्बन्धित चिकित्सकलाई कारबाही गरिनुपर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।
सुत्केरी ब्यथा लागेपछि मंगलबार बिहान ७ बजे बिकलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar