काठमाडौं– सेयर बजार आज झन्डै २४ अङ्कले घटेर राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८२ अङ्कले घटेर एक हजार आठ सय २९ दशमलव ६५ विन्दुमा झरेको छ ।
आज म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर घटेको छ । सबैभन्दा धेरै माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीका सेयर झन्डै १० प्रतिशत र मिथिला लघुवित्तको सेयर झन्डै नौ प्रतिशतले घटेको छ ।
समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर भने आठ प्रतिशतले बढेको छ ।
बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज ३६ लाख ७५ हजार कित्ता सेयर ९५ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको सात करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar