काठमाडौं– समयमै काम नसकेर पटक–पटक विवादमा आएको ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्शनका पूर्वसञ्चालक हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद तथा निर्माण व्यवसायी हरिनारायण रौनियारलाई पर्साको पोखरियामा भएको एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका हुन् । रौनियारसँगै अरू व्यक्ति पनि एमालेमा प्रवेश गरेका छन् ।
रौनियार २०७४ को चुनावमा पर्सा क्षेत्र नम्बर ३ बाट सांसद निर्वाचित भएका थिए । रौनियारले जसपा अध्यक्ष यादवले एकलौटी गरेपछि एमालेमा प्रवेश गरेको बताए ।
पप्पु कन्स्ट्रक्शनले ठाउँठाउँमा विकास निर्माणका काम अलपत्र पारेपछि सरकारले कम्पनीलाई कालोसूचीमा राखेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar