काठमाडौं– मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा सर्वसाधारणका लागि मंसिर ८ गतेदेखि आवेदन खुल्ने भएको छ ।
बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीको आईपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निस्कासन गर्न लागेको हो ।
वैदेशिक रोजगारमा गएका नेपाली नागरिक कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको हो ।
अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar