काठमाडौं– माइतीघर मण्डला देखि बानेश्वर क्षेत्रमा एक महिना निषेधाज्ञा जारी गरेको काठमाडौं जिल्ला प्रशासन कार्यालयले दुर्गा प्रसाईंलाई मंसिर ७ को कार्यक्रम गर्नका लागि बल्खु क्षेत्र तोकिदिएको छ ।
एमालेको युवा संघ र प्रसाई समुहले परस्पर विरोध कार्यक्रम एकै दिन, एकै स्थान र एकै समयमा राखेपछि जिल्ला प्रशासन कार्यालयले माइतीघरमण्डलादेखि बानेश्वर क्षेत्रसम्मलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
त्यसपछि प्रसाईलाई बल्खु क्षेत्रमा आफनो कार्यक्रम गर्न स्थान तोकिदिएको हो । युवा संघले भने तिनकुनेमा आफनो कार्यक्रम गर्ने जनाएको छ ।
यसअघि प्रशासनले नेकपा एमालेको संगठन युवा संघलाई तिनकुने क्षेत्र तोकिदिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar