काठमाडौं– मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ बढेको छ ।
आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १६ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रूपैयाँमा करोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको १ हजार ४५० रूपैयाँमा कारोबार भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar