काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको निवेदनमा उच्च अदालत, पाटनमा आजदेखि निरन्तर सुनुवाइ हुँदै छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी भएको ठगी सम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा गएका अभियुक्तहरूले उच्च अदालतमा दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो ।
आज निवेदन न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा परेको छ ।
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्वबित सचिव टेकनारायण पाण्डे लगायत प्रतिवादीले जिल्ला अदालत
काठमाडौंको थुनामा पठाउने निर्णय त्रुटिपूर्ण भएको दाबीसहित उच्च अदालत, पाटनमा साउनमा निवेदन दिएका थिए । करिब ४ महिनापछि उक्त निवेदनहरुमा सुनुवाइ हुन लागेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar