काठमाडौं– भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान आइपीओ बाँडफाँड गरेको हो ।
आइपीओमा कुल ११ लाख ६१ हजार ५ सय २९ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा आवेदन ४ हजार ६ सय २ जनाको आवेदन रद्द भएको छ ।
योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँड गरिएको छ । जस अनुसार २ लाख ७ हजार ५ सय २८ जनाले कम्पनीको सेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले सेयर पाएका छन् ।
कम्पनीले कात्तिक १६ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरिसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar