काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पुनः प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएका छन् ।
सोमबार राति, भट्टराई निवास टोखामा बसेको शीर्ष नेताहरूको बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गरेका हुन् । पार्टी एकताको लागि डा. भट्टराईको नेतृत्वमा एकता संयोजन समिति गठन गर्ने सहमति भएको छ । समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव समेत रहने महासचिव रमेश यादवले जानकारी दिए । यसअघि महाधिवेशन बोलाउने निर्णय खारेज गरेको र भट्टराई कै नेतृत्वमा माओवादीसँग पार्टी एकता प्रक्रिया अगाडि बढाइनेसमेत यादवले बताए ।
‘डा.भट्टराईको नेतृत्वमा एकता समायोजन समिति गठन गर्ने सहमति भएको छ र समितिमा महिन्द्र जी पनि रहनुहुन्छ । महाधिवेशनको एजेण्डा खारेज भएको छ, अव केन्द्रीय कार्यकारिणी बैठकमा पार्टी एकता र समायोजन समिति गठनसम्बन्धी २ वटा एजेण्डामात्र समावेश हुन्छ’, महासचिव यादवले भने ।
त्यस्तै सङ्गठन सुदृढीकरणका लागि पार्टीले ६ महिने अभियान जारी राख्ने, राष्ट्रिय भेला बोलाउने लगायत एजेण्ड बैठकमा समावेश हुन्छ । यसलाई अनुमोदनका लागि ८ बजे पदाधिकारी बैठक बस्दै छ । दिउँसो ३ बजे बस्ने कार्यकारिणी बैठकले यो निर्णय अनुमोदन गर्ने पनि यादवले बताए । कार्यकारिणी बैठकको निर्णय ६ गते बस्ने केन्द्रीय कार्यकारिणी बैठकले अनुमोदन गर्नेछ ।
बैठकमा अध्यक्ष द्वयले पार्टीभित्र केही समस्या देखिए पनि एकताबद्ध भएर हल गर्ने र माओवादीसँग पार्टी एकता गर्ने समझदारी भएको यादवको दाबी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar