काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका उपायबारे छलफल गर्न आज वृहत बैठक बोलाएका छन् ।
अर्थतन्त्रको सुधारका विषयमा सर्व पक्षीय छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे बैठक बोलाएका हुन् ।
छलफलमा अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधि सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
बैठक अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने र उक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar