काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय टेक्नो मोबाइलका दुई नयाँ फोन, पोभा ५ र कमोन २० नेपाली बजारमा पनि उपलब्ध हुने भएका छन्। टेक्नो मोबाइलको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइल्सले यी दुई मोबाइल नेपाली बजारमा भित्र्याएको जनाएको छ।
पोभा मोबाइल सिरिज अन्तर्गतको पछिल्लो नयाँ संस्करण पोभा ५ विशेष गरि मोबाइल गेमिङ्गमा रुचि राख्नेहरूले निकै रुचाउनेमा वितरक कम्पनीले आशा राखेको जनाएको छ । ८+८ जिबिको र्याम, १२८ जिबिको इन्टरनल स्टोरेज र ४५ वाटको चार्जर सहितको यो मोबाइलले अल्टिमेट गेमिङ्गको अनुभव दिने बिक्रेताको दाबी छ ।६००० एमएएचको ब्याट्रीका साथ आउने पोभा ५ को डिस्प्ले ६.७८ इन्चको रहेको छ । यसमा जडित ‘भ्यापर च्याम्बर’ ले फोन नतात्ने र ६ एनएम प्रोसेसरले ल्यागिङ्ग समस्या पनि नहुने वितरक कम्पनीको भनाइ छ। ५० मेगा पिक्सेलको एच डी डुअल रेअर क्यामेरा पोभा ५ मोबाइलको अर्को आकर्षक फिचर हो ।
त्यसैगरी, फोटो या भिडियोग्राफीमा रुचि राख्नेहरूको रोजाइमा पर्ने सम्भावना बोकेको मोबाइल हो, कमोन २० मोबाइल । ६४ मेगा पिक्सेलको सुपर नाइट रेयर क्यामेरा र ३२ मेगा पिक्सेलको एआई सेल्फी क्यामेराको साथमा कमोन २० आकर्षक ७.८ मिमि पातलो डिजाइनमा उपलब्ध छ । ६.६७ इन्चको डिस्प्लेमा नै रहेको फिंगर प्रिन्ट सेन्सरका साथमा ३३ वाटको चार्जर, यो मोबाइलको अर्को आकर्षक फिचर हो। कमोन २० को ५००० एमएएच को ब्याट्री र ८+८ जीवी र्यामले प्रयोगकर्तालाई अभूतपूर्व अनुभव दिने वितरक कम्पनीको भनाई छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar