काठमाडौं– ७२ औं मिस युनिभर्सको उपाधि दक्षिण अमेरिकी मुलुक निकारागुआकी सेनिस पलासियोसले जितेकी छन् । २३ वर्षिया पलासियोस पेसाले टेलिभिजन होस्ट समेत हुन् । उनले आमसञ्चारमा स्नातक उत्तीर्ण गरेकी छन् ।
निकारागुआका लागि मिस युनिभर्स टाइटल हात परेको यो पहिलो हो । प्रतियोगितामा थाइल्यान्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनर–अप र अष्ट्रेलियाकी मोरया विल्सन सेकेण्ड रनरअप घोषित भए ।
एल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीहरूको प्रतिस्पर्धा रहेको थियो । प्रतियोगितामा नेपाली सहभागी दीपिका गारेट अन्तिम २० सम्म पुग्न सफल भएकी छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar