काठमाडौं – ‘मिस्टर नेपाल’ बिजेता समर्पणजंग कार्की थाइल्याण्ड उडेका छन् । थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस्टर ग्लोवल २०२३’ मा नेपालको प्रतिनिधित्व गर्दै उनी शुक्रबार साँझ त्यसतर्फ उडेका हुन् ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा २६ नेभेम्बरमा हुँदैछ । कार्की नेपाली कला संस्कृति सहित प्रतियोगितामा सहभागी हुन लागेको हुन् । प्रतियोगिताका लागि उनको फेसन ज्वालाराज पोखरेलले तयार गरेका छन् । थाइल्याण्ड जानुअघि एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले प्रतियोगिताको ताज नेपाल भित्र्याउने लक्ष्यसहित आफू सहभागी हुन लागेको बताए ।
२०२३’ को उपाधि हात पारेका थिए । उक्त उपाधिसहित उनले प्रतियोगितामा सहभागी अवसर प्राप्त गरेका हुन् । पेशाले पाइलट कार्कीलाई प्रतियोगितामा नेक्स्ट मोडल्स नेपालले पठाएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar