काठमाडौं– हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० आई सिरिजमा नेपालले पहिलो जित हासिल गरेको छ ।
समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले हराएको हो ।
नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ४६ रन बनाउँदा अलआउट भयो ।
शृङ्खलामा यसअघि नै तान्जानिया र हङकङसँग पराजित भएको नेपाल फाइनलमा पुग्न सकेन ।
हङकङले आयोजना गरेको शृङ्खलामा घरेलु टोलीसहित नेपाल, जापान र तान्जानिया सहभागी छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar