काठमाडौं– हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० आई सिरिजमा नेपालले जापानलाई १ सय १४ रनको लक्ष्य दिएको छ ।
वाङ नाइमा जापानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १३ रन बनाएको हो ।
रुविना क्षेत्री बेलवासेले ३८ रनमा बोल्ड आउट भइन् । नेपालका लागि सर्वाधिक रन बनाएकी रुविना ३२ बलमा ५ चौका प्रहार गर्दा बोल्ड आउट भइन् ।
ओपनर पुजा महतो १३ रन बनाउँदा एलबीडब्लु धरापमा परिन्। सीता राना मगर ९ रनमा बोल्ड आउट भइन् ।
कप्तान इन्दु बर्मा २७ रनमा क्याच आउट भईन् । कप्तान इन्दु ३१ बलमा २ चौका हानिन् । काजल श्रेष्ठ १५ र अस्मिना कर्माचार्य १ रनमा नटआउट रहे। काजल ७ बलमा ३ चौका प्रहार गरिन् ।
जापानविरुद्धको खेलबाट तिव्र गतिकी बलर सोनी पाख्रिनले डेब्यु गरेकी छिन्। लुम्बिनी प्रदेशबाट घरेलु प्रतियोगिता खेल्दै आएकी थिइन् ।
यसअघि सिरिजका दुवै खेलमा पराजित नेपाल र जापान पहिलो जितको खोजीमा छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar