न्यूयोर्क – अमेरिकामा सोमबार एउटा फरारी झन्डै सवा ५ करोड डलरमा विक्री भयो ।
न्यूयोर्कमा ब्रोकरेज कम्पनी सथबीले गरेको एउटा लिलामीमा सन् १९६२ मा बनेको फरारीको २५० जीटीओ मोडलको एउटा कार ५ करोड १७ लाख डलरमा विक्री भएको थियो । यो कुनै पनि फरारीले लिलामीमा अहिलेसम्म पाएको सबैभन्दा धेरै मूल्य हो ।
उक्त कार ३८ वर्षमा पहिलो पटक सार्वजनिक रूपमा विक्रीका लागि राखिएको थियो । विश्वभर लाखौँ करोडौँ मानिस फरारी भनेपछि भुतुक्कै हुन्छन् । लिलामीमा कारले पाएको मूल्यले यसप्रतिको मोहलाई थप प्रस्ट पारेको छ । पछिल्लो कारोबारले फरारीको विरासतमा नयाँ अध्याय थपेको आरएम सथबीमा लिलामीका ग्लोबल हेड गर्ड डफ भन्छन् ।
कार लिलामीमा सबैभन्दा धेरै मूल्यमा विक्री हुने कारमध्ये एउटा पनि बनेको छ । सन् १९६२ देखि १९६४ को बिचमा इटलीको लक्जरी स्पोर्ट्स कार निर्माता कम्पनी फरारीले २५० जीटीओ मोडलको जम्मा ३९ ओटा कार बनाएको थियो । कारलाई लिलाम गृहले स्पोर्ट्स कारको होली ग्रेल भनेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar