काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले जाजरकोट र रूकुम पश्चिमका भुकम्प प्रभावितलाई दश लाख रूपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको छ ।
न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका भुकम्प पिडितलाई कम्पनीले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत राहत सहयोग गरेको हो । कम्पनीका कर्णाली प्रदेश प्रमुख अन्नत अधिकारीले नलगाड नगरपालिका, जाजरकोटका नगर प्रमुख डम्बर बहादुर रावतलाई २०० थान, भेरी नगरपालिकाका नगर प्रमुख दल बहादुर धर्तिलाई २०० थान कम्बल हस्तान्तरण गरेका छन् ।
त्यस्तै, आठबिसकोट नगरपालिका रुकुम पश्चिमअन्तर्गत वडा–१४ का अध्यक्ष हुकुम बहादुर पुनलाई ३०० थान गरि कुल ७०० कम्बल हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar