विराटनगर – मोरङको उर्लाबारी नगरपालिका– ७ मा रहेको एक सुन पसलमा आगलागी हुँदा कम्तीमा २२ जना मानिस घाइते भएका छन् । दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतवार राति आगलागी हुँदा उनीहरू घाइते भएका हुन् ।
लक्ष्मीपूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी र स्थानीयसहित २२ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।जसमा उर्लावारीमै कार्यरत ४ जना प्रहरी छन् ।
घाइतेहरूमध्ये १० जनाको झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ । यस्तै ९ जनाको विराटनगर, २ जनाको उर्लाबारीकै गोदावारी तथा १ जनाको अरनिको अस्पतालमा उपचार भइरहेको छ ।
सुन पसलभित्र आगलागी भएपछि सटर खोल्दा आगोको मुस्लोले लागेर उनीहरू घाइते भएको स्थानीयले बताएका छन् । करिब ३ घन्टापछि मध्यरात १२ बजे आगलागी नियन्त्रणमा आएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar